बझाङको बुगंल नगरपालिका ७ मा पहिरो गएपछि शुक्रबार दिउँसोबाट नदी थुनिएको थियो । पहिरोले थुनिएपछि सो क्षेत्रका दुई घर पुरिएका छन् भने खोलामा ताल परेको छ । ताल ओभरफ्लो भएर
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरूले नयाँ पार्टी स्थापना गर्नुपरेको बताउनुभयो ।
सिमराबाट स्थलमार्गमा हुँदै ८ देखि १० घण्टाको पोेखरा यात्रा २७ मिनेटको उडानमा सकिने भएपछि कोभिडले थला परेको यस क्षेत्रको व्यवसाय प्रवर्द्धनमा राहत पुग्ने व्यवसायीहरूको भनाइ छ ।
लकडाउनको बेला २८ वटा नगरपालिकाले १४ करोड २१ लाख ६८ हजार रुपैयाँ लगेका छन् । यस्तै १३ वटा विभिन्न गाउँपालिकाले ६ करोड ३ लाख रुपैयाँ दिवा खाजाको लागि लगेका छन्
नेपालभर २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् भने थप १७ जिल्लामा २ सयदेखि ४ सय ९९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ ।
नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।
यसैबीच तालिवानले आफूहरूले गरेको कारबाहीको जवाफदेही हुने बताएको छ । उसले आफ्ना सदस्यहरूले बदला र प्रताडित गर्ने उद्देश्यले गरिएको भनिएका घटनाहरूको जाँच गर्ने प्रतिबद्धता जनाएको छ ।
नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुनेतर्फ सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।
बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा लगेर उनीहरुले बलात्कार गरेको नगर प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
शनिबार बिहान काबुल विमानस्थलबाट भारत फर्कन लागेका उनीहरुलाई तालिबानले नियन्त्रणमा लिइ एउटा ट्रकमा राखेर लगेको थियो । उनीहरुलाई लामो सोधपुछपछि छाडिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।