बैठकले ‘मोहम्मद जयन्ती १४ सय ९६’ को अवसरमा मुस्लिम समुदायलाई कात्तिक २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३–० गोलअन्तरले पराजित भएको थियो । नेपाल पहिलोपटक च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।
अहिलेसम्म देशभर संक्रमितमध्ये ९७ दशमलव १ प्रशित कोभिडमुक्त हुँदा १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ ।
मौसमको अवस्था बुझेर मात्रै धान भित्रयाउन कृषि विज्ञको सुझाव छ । मौसमविद्ले आगामी बुधबारसम्म पानी पर्ने बताएका छन् ।
देशमा तालिवानी शासन आएपछि अमानवीय व्यवहारमै प्रश्न उठ्न थालेको छ । सन्तानको हातमुख जोर्न ऋण लिएका घरेलु महिला ऋण चुकाउन आफ्नै सन्तान बेच्नुपर्ने अवस्थामा छन् ।
दशैंअघि नै भाडा वृद्धि गर्ने निर्णय भए पनि दशैंको बेला गाउँ जानेहरूलाई समस्या पर्ने भन्दै कात्तिक १ गतेदेखि मात्र लागू गरिएको प्रदेशको भौतिक पूर्वाधारा विकास मन्त्रालयले जनाएको छ ।
सबैभन्दा बढी निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ४ सय २७ अंकले ओरालो लागेको छ । यस्तै जीवन बीमा समूह ३ सय ५८ अंकले झरेको छ ।
पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।
खानेपानी संस्थानले वितरण गरेको पानी र घर–घरमा गाडिएका कलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो ।
सोमबार दशरथ रंगशालामा अन्तिम तयारी गरेको नेपाली टोलीले बलिया टोलीसँग राम्रो प्रदर्शन गरेर अघिल्लो चरणमा स्थान बनाउने लक्ष्य लिएको छ ।