रूपन्देहीमा बाढीले डाइभर्सन बगायो « Image Khabar


रूपन्देहीमा बाढीले डाइभर्सन बगायो



काठमाडौं । रूपन्देहीमा बाढीले डाइभर्सन बगाएको छ । देवदहस्थित घोडाहमा बनाइएको डाइभर्सन बाढीले बगाएको हो ।

गए रातिदेखि लगातार परेको पानीले यहाँका खोलामा पानीको सतह बढेको छ । यस अघि पनि भदौमा परेको वर्षापछि आएको बाढीले घोडाह पुल भासिएको थियो ।

पुल भासिएपछि डाइभर्सन बनाइएको थियो । डाइभर्सन बाढीले बगाएपछि फेरि पनि यातायात अवरूद्ध भएको छ । यातायात अवरुद्ध हुँदा बुटवलबाट पूर्व जाने सवारी साधन चल्न सकेका छैनन् ।

रुपन्देही, कपिलवस्तु, नवलपरासीलगायत क्षेत्रमा आइतबारदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले वर्षा अझै केही दिन जारी रहने बताएको छ ।