Logo ८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026


संघीय संसदका दुवै सदनको बैठक आज बस्दै:- (कार्यसूचीसहित)

बैठकमा फोहोरमैला व्यवस्थापन र निःशुल्क कानूनी सहायता विधेयक पेश गरिंदै

0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्ने बिहीबार बस्दैछ।

संसद सचिवालयले प्रतिनिधि सभाको बैठक बिहीबार बिहान ११ बजे बस्ने जनाएकाे हाे। बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेकाे छ।त्यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएकाे हाे।

त्यस्तै, राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसाै सवाँ १ बजे बस्दैछ। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेकाे हाे। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेकाे छ।

प्रधानमन्त्री बालेन्द्र शाहकाेतर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लोक सेवा आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुहुने भएकाे हाे । त्यसैगरी, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘विकास, आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेकाे सचिवालयले जनाएकाे छ।