प्रदेशसभा नियमावली २०७४ को नियम १ सय ८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक
स्थानीय तह निर्वाचन २०७९ को निर्वाचन आचारसंहिताबारे शुक्रबार भरतपुरमा भएको अन्तरक्रियामा नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले लोकतन्त्रमा जनताले खसालेको मतको सुरक्षा हुनुपर्ने बताउनुभयो ।
देशको संवेदनशील भू–राजनीतिक अवस्थितिले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने प्रधानमन्त्री देउवाको भनाइ थियो ।
आइओइमा पुगेर ध्यानाकर्षण गराउँदासमेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । आइओईले अर्को वर्ष सिट खाली भएपछि मात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू समस्यामा परेका हुन् ।
भन्सार विभागका अनुसार सो मूल्यमा २०७६ चैत ११ गतेदेखि २०७८ फागुन मसान्तसम्मको अवधिमा नेपालमा ४८ करोड ९२ लाख ६ हजार ७६२ थान र एक लाख ३७० केजी मास्क भित्रिएको छ
भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेको अध्यक्ष दाहालले बताउनुभयो । भरतपुरको विकासको प्रचार गर्नुको सट्टा उनीहरूले चुनावी एजेण्डा बनाउन खोजेको उहाँको आरोप छ ।
प्रदर्शनकारीले प्लाकार्डसहित प्रदर्शन गरेका हुन् । केन्द्रीय समितिको बैठक सुरु हुनुअघिदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा नाराबाजीसहित प्रदर्शन भएको हो ।
‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनित गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले भन्नुभयो, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका
‘उनी(ओली) पनि गठबन्धन गर्दैछन् । कोसँग थाहा छ ? सुटुक्क ज्ञानेन्द्रको निवासमा पुग्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीसँग दलाली गर्न पार्टीसँग तालमेल मिलाउन खोजिरहेका
नवनिर्मित इस्लामिक सांस्कृतिक केन्द्र भवनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दै नेपालमा रहेका धार्मिक समूदायबीच थप घनिष्ठ सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।