प्रदेश १ को प्रदेशसभाबाट आर्थिक कार्यविधिसम्बन्धी विधेयक सर्वसम्मतिले पारित « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Wed Jun 29 2022


प्रदेश १ को प्रदेशसभाबाट आर्थिक कार्यविधिसम्बन्धी विधेयक सर्वसम्मतिले पारित


78
Shares

काठमाडौं । प्रदेश–१ प्रदेशसभाको बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली २०७४ को नियम १ सय ८ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव पेश गर्नुभएको थियो । बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको थियो ।

प्रदेशसभा नियमावली २०७४ को नियम ९३ बमोजिम यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले विधेयक सदनमा पेश गर्नुभएको थियो ।

प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले विधेयकमा तोकिएको बमोजिम र संघीय कानुनबमोजिम स्पष्टरुपमा उल्लेख भएकाले विधेयक किन आवश्यक छ भन्दै प्रदेशकै स्वामित्व अभिवृद्धि गर्ने हुनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मोहनकुमार खड्काले शासन पद्धतिलाई कानुन र विधिबाटै व्यवस्थित बनाइने भएकाले विधेयक आमसञ्चारका लागि उपयुक्त भएको बताउनुभयो ।