Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


नेपाल जेसीजको अध्यक्षमा शाहीको उम्मेदवारी

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा अनिलबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाहीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक शहर’को सूचीमा

काठमाडौं । राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को)ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको

राष्ट्रिय सभाको रिक्त हुने पदमा माघको दोस्रो सातासम्म निर्वाचन हुने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्ता सम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका

पर्यटन ऐनहरु समय सापेक्ष बनाउन जरुरी छ : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले

सरकारले आरोहणका लागि बन्द भएका हिमाल खुलाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवद्र्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालबाट प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने भ्रमण सम्पन्न गरी आज फर्किंनु भएको छ । आज बिहान साढे दस बजेको उडानबाट उहाँ प्रस्थान गर्नुभएको हो । महासचिव

कपिलवस्तुमा ग्याँसको मूल्यमा मनपरी

कपिलवस्तु । कपिलवस्तुमा ग्याँस व्यवसायीले मनपरी मूल्य राखेर ठग्ने गरेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटा मुख्य बजारलगायतका क्षेत्रमा ग्याँस व्यवसायीले मनोमानी ढंगले मूल्य वृद्धि गरेको र

आज आंशिक बदली हुने

काठमाडौं । आज दिउँसो देशभर आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ

राष्ट्रसंघका महासचिव गुटेरेस आज फर्किँदै

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर आज फर्किँदै हुनुहुन्छ । महासचिव गुटेरेस आज कतार एयरवेजको विमानबाट दोहा प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ

विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा बंगलादेश ७ विकेटले पराजित

काठमाडौं । एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको छ । जितसँगै पाकिस्तानले सेमिफाइनलमा पुग्ने संभावना जिवित राख्दा बंगलादेश बाहिरिएको छ । भारतको कोलकातामा गएराति भएको खेलमा पहिले