Logo ४ बैशाख २०८३, शुक्रबार | Sat Apr 18 2026


नेपाल जेसीजको अध्यक्षमा शाहीको उम्मेदवारी


195
Shares

काठमाडौं । नेपाल जेसीजको अध्यक्षमा अनिलबहादुर शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

नेपाल जेसीज २०२४ का लागि कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाहीले केन्द्रीय अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कर्णाली जेसीजका संस्थापक अध्यक्ष शाहीले बुधबार नेपाल जेसीज सचिवालयमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको हो ।

शाही कर्णाली प्रदेशबाट नेतृत्व गर्दै जेसीजमा महत्त्वपूर्ण योगदान दिँदै आइरहनुभएको छ । उहाँले २००७ बाट जेसीज यात्रा आरम्भ गर्दै २०१२र२०१३ मा कर्णाली जेसीजको संस्थापक अध्यक्ष हुनुभएको हो । शाही कर्णाली जेसीजबाट २०१५ मा राष्ट्रिय उपाध्यक्ष,२०१८ मा तालिम आयुक्त,२०२२ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जस्ता पदमा निर्वाचित भइसक्नुभएको छ ।

उम्मेदवारी दर्ता गराएसँगै शाहीले समग्र जेसीजको रूपान्तर र युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा नयाँ पन दिँदै देशै भरिका युवाहरूलाई जेसीजका माध्यमवाट सकारात्मक र रचनात्मक दिशा कोर्ने बताउनुभयो ।

शाहीसहित ४ जनाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ पदका लागि १३ जना र राष्ट्रिय उपाध्यक्ष १२ पदका लागि २२ जनाको मनोनयन दर्ता भएको नेपाल जेसीजले जनाएको छ ।