माघ ८ गते भरतपुर १ देवघाटको थारु धर्मशालामा बस्ने नामथर नखुलेका ६०/६५ वर्षीय पुरुष सुतिरहेको अवस्थामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहयोगमा नगरका १४ वटै वडामा सरसफाईकर्मीहरू नियुक्ति गरी सरसफाइ कार्य अगाडि बढाइएको शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यही माघ गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
२०७५ पुस २३ को मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कार्यकारी बनेका सुरेन्द्र पौडेलले तीन वर्षे कार्यकाल पूरा गरेर बाहिरिएसँगै पद खाली भएको थियो ।
घरेलु फोहर व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएको व्यवहारिक र सैद्धान्तिक प्रयासबारे आगन्तुकलाई जानकारी दिने गरेको छ ।
सरकारले शुक्रबार दिउँसो ४ बजेभित्र कोरोनाविरुद्धको मौज्दात खोप र खोप लगाएका सबै व्यक्तिहरूको विवरण पठाउन निर्देशन दिएको छ ।
आकाशबाट खिचिएका तस्वीरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । उत्तर कोरियाले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ–१२ रहेको बताएको छ ।
एमसीसी सम्झौता संसदमा आएमा आफूले विपक्षमा मतदान गर्ने र त्यसको विरुद्धमा आवाज उठाउन जनतालाई आह्वान गर्ने पनि नेता रावलले बताउनुभयो ।
महरले पार्टी पदाधिकारीहरूसमेत भातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको उल्लेख गर्दै उनीहरूमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
सम्झौता पत्रमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र नेपाल प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले हस्ताक्षर गरेका हुन् ।