फोहोरमैला व्यवस्थापनको तरिका बुझ्न आउनेसँग तीन हजार शुल्क « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


फोहोरमैला व्यवस्थापनको तरिका बुझ्न आउनेसँग तीन हजार शुल्क


481
Shares

धनकुटा । धनकुटा नगरपालिकाले फोहरमैला व्यवस्थापनको तरिका बुुझ्न आउनेसँग शुुल्क लिन थालेको छ ।

नगरपालिकाले सल्लेरीको कचिडेमा सञ्चालित फोहोर व्यवस्थापन केन्द्र हेर्न समूहमा आउने अवलोकनकर्तासँग तीन हजार रूपैयाँ प्रवेश शुुल्क लिँदै आएको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

फोहोरमाथि नै यहाँ फूलबारी बनाइएको छ । घरेलु फोहर व्यवस्थापनका लागि नगरपालिकाले गर्दै आएको व्यवहारिक र सैद्धान्तिक प्रयासबारे आगन्तुकलाई जानकारी दिने गरेको छ । धनकुटा बजार र हिले बजारबाट यहाँ दैनिक १६ टन फोहोर जम्मा हुने गरेको छ ।

नगरपालिकाले १२ वर्षदेखि कचिडेमा सञ्चालित फोहरमैला व्यवस्थापन स्थललाई सिकाइ केन्द्रको रूपमा विकास गर्दै लगेको हो । यहाँ संकलन गरिएको फोहोरलाई छानेर बिक्री समेत गरिँदै आएको नगरपालिकाले जनाएको छ ।