
‘ग्लोबल हंगर इन्डेक्स’मा भारतको अवस्था उत्तर कोरिया, म्यानमार, श्रीलंका र बंगलादेशको भन्दा खराब पाइएको हो । विश्वका विकासशील देशमा भोकमरीको समस्यामाथि इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्स्टिच्यूटका तर्फबाट प्रत्येक वर्ष जारी गरिने रिपोर्टमा एक सय १९ देशलाई समावेश गरिएको छ । उक्त सूचीमा भारत १०० औं नम्बरमा रहेको छ ।
दक्षिण एसियामा भारत यो सूचीमा पाकिस्तान र अफगानिस्तानभन्दा माथि छ ।
यो सूचकांकले विश्वभर भोकका विरुद्ध चलेको अभियानको उपलब्धिलाई दर्शाउने गर्दछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्