दाजुभाईबीच जग्गा विवाद : खुकुरी प्रहारबाट दुईको मृत्यु • Image Khabar Image Khabar


दाजुभाईबीच जग्गा विवाद : खुकुरी प्रहारबाट दुईको मृत्यु


Imagekhabar
२८ आश्विन २०७४, शनिबार १२:१४

दाजुभाईबीच जग्गा विवाद : खुकुरी प्रहारबाट दुईको मृत्यु

मृत्यु हुनेमा सोही वडाका मोहन गिरीका छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृृत्यु भएको हो ।

घटनामा नरेश गिरी खुकुरी प्रहारबाट घाइते भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए ।

भट्टका अनुसार दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार गरिएको हो । भाइ गोरखका तीन छोराले खुकुरी, खुँडा र फलामको पाइपले हानेर एकको घटनास्थलमा नै एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

घाइतेको बूढीगंगा नगरपालिकास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने गोरख तथा उनका २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशलाई प्रहरी नियन्त्रणमा लिइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्