२२ जेष्ठ २०८२, बिहिबार | Thu Jun 5 2025


सडक दुर्घटनामा परी भारतमा ९ जनाको मृत्यु, ३० घाइते


0
Shares

घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

‘आईतबार बेलुका ४० जना यात्रु बोकेको एउटा टेम्पो थोरे सेत्तिहाल्ली गाँउनजिकै एउटा रुखमा ठोक्कीएर दुर्घटना भएको हा’ एक जना उच्च प्रहरी अधिकारीले भने ।

दुर्घटना भएपछि नौ जनाको घटनास्थलमै मृत्यु भएको हो भने, घाइतेहरुलाई स्थानीयबासिन्दाले उद्धार गरेर नजिकैको अस्पतालमा पु¥याएका थिए ।

क्षमताभन्दा अतिधेरै यात्रुहरु बोकेको र तिव्र गतिमा रहेकाले नियन्त्रणभन्दा बाहिर गएर दुर्घटना भएको प्रहरीको बुझाइ छ । अध्याँरो भएकाले नियन्त्रण गुमाएपछि रुखमा ठोक्किएको प्रहरीले जनाएको छ ।

भारत विश्वमै सबैभन्दा धेरै सडक दुर्घटना हुने देश हो । सडक अवस्था खराब, पर्याप्त मर्मत नभएका सवारी साधन र चालकको लापर्बाहीका कारण दुर्घटना हुनेगरेको पाइएको छ । (रासस/सिन्ह्वा)