
हेटौंडा, पुस १३ । मकवानपुरको थाहा नगरपालिकामा दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा थाहा नगरपालिका–८ का दिलबहादुर घलान, आत्माराम घलान, सोमलाल थिङ र धादिङ, गजुरीका दिलबहादुर तामाङ रहेका छन् ।
पक्राउ परेका चारैजनालाई शुक्रबार पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो ।
रु सात लाखमा बाघको छाला किनबेच हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरी र संरक्षणकर्मीको संयुक्त टोलीले थाहा नगरपालिका–३ मा मोटरसाइकल र अटोरिक्सा जाँच गर्नेक्रममा ना२ह ३९२७ नम्बरको अटोरिक्सामा लुकाइराखेको ८ फिट ६ इन्च लामो पाटेबाघको छाला फेलापरेको हो ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यलय मकवानपुरलाई बुझाइने प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्