
सिरहाको कल्याणपुर नगरपालिकाको निर्दना भन्ने ठाउँमा प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल सवार २ जनाले गोली चलाउँदा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाईते भएका हुन् ।
प्रहरी जवान मागेरामको पेटमा १ गोली र म्यादी प्रहरी आदर्शको कोखमा १ गोली लागेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
घाईते दुवै जनालाई उपचारका लागि धरान पठाइएको छ । गोली चलाउने अज्ञात समूहको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्