 
	    एसियाको पूर्वी क्षेत्रका राष्ट्रहरुको प्रतिस्पर्धामा नेपालले घरेलु टोली थाइल्यान्डलाई १३३ रनले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।
नेपालले दिएको १८० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १९ ओभर ३ बल क्रिजमा टिकेर ४६ रनमात्रै बनाउन सक्यो । नेपालका नारायण जोशीले १७ रन खर्चेर ५ विकेट लिए ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३४ ओभर ५ बलमा अलआउट हुनुपूर्व १७९ रन बनाएको थियो । त्रिर्थराज दासले सर्वाधिक ३९ रनको योगदान दिए ।
८ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘बी’मा रहेको नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ । नेपालले समूहको अन्तिम खेलमा बिहीबार म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो दिनको खेलमा चीनले भुटानलाई ६९ रनले, सिंगापुरले मलेसियालाई २९ तथा हङकङले म्यानमारलाई २१२ रनले पराजित गर्यो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्