बिजय नेपाली, पोखरा। पोखरा बसपार्कको जग्गा अतिक्रमण र सुकुम्बासी व्यवस्थापनको विषयले यतिबेला गण्डकी प्रदेशको राजधानीमा नयाँ तरंग ल्याएको छ ।
तीन दशकभन्दा बढी समयदेखि बसपार्कको जग्गामा बसिरहेका सुकुम्बासीहरू र महानगरबीचको संघर्ष अब कतातिर जाँदैछ त ?
पोखरा बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा लामो समयदेखि भूमिहीन, दलित तथा अव्यवस्थित बसोबासीहरू टहरा बनाएर बसेका छन्। काठमाडौंको बागमती किनारमा डोजर चलेपछि पोखरामा पनि यसको प्रभाव देखियो। महानगरले केही अतिक्रमित टहराहरू हटाए पनि वास्तविक सुकुम्बासीको पहिचान र पूर्वव्यवस्थापनको मुद्दा उठाउँदै बस्ती हाललाई यथावत राखिएको छ। महानगरले सुकुम्बासीको प्रारम्भिक नामावली सार्वजनिक गरेपछि यहाँका बासिन्दा थप सशंकित बनेका छन् ।
यहीक्रममा कास्की क्षेत्र नम्बर २ का सांसद उत्तम पौडेल पीडितको बस्तीमै पुग्नुभयो। साँसद पौडेललाई सुकुम्बासीहरुले प्रश्न गर्दै राज्यले भूमिहिन सुकुम्बासीको बस्तीमा मात्रै डोजर चलाउने तर, सार्वजानिक जग्गा दुषित तरिकाले व्यक्तिको बनाउने माथि कुनै कारवाहि नगरेको भन्दै असन्तुष्ट व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्