Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


एमएलएस अलस्टार खेलबाट लियोनेल मेसी बाहिरिए


16.9k
Shares

काठमाडौं । अर्जेन्टिनाका कप्तान तथा इन्टर मियामीका स्टार फरवार्ड लियोनेल मेसी एमएलएस अलस्टार खेलबाट आधिकारिक रूपमा बाहिरिएका छन्।

विश्वकपपछि विश्राममा रहेकाले उनी बुधबार हुने खेलमा सहभागी नहुने भएका हुन्। मेसीसँगै रोड्रिगो डे पाउल, हुगो कुइपर्स र म्बेकेजेली म्बोकाजी पनि टोलीबाट बाहिरिएका छन्।

उनीहरूको स्थानमा यानिक ब्राइट, आन्द्रेस कुबास, गिल्हेर्मे र फिलिप जिन्कर्नागेललाई अलस्टार टोलीमा समावेश गरिएको छ।