Logo २७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026


काभा भलिबल : नेपाल उज्वेकिस्तानसँग पराजित


117
Shares

काठमाडौँ – काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ।

पाकिस्तानको इस्लामावादमा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो। नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले पराजित भयो।

यससँगै नेपाल लिग चरणका सबै खेलमा पराजित भएको छ। यसअघि नेपाल पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र कजाकिस्तानसँग पराजित भएको थियो।