Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


उर्लाबारी क्लब आयोजक काँकरभिट्टा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश


13
Shares

काठमाडौं । उर्लाबारी स्पोर्टिङ क्लबले आयोजक काँकरभिट्टा युवा क्लबलाई सडनडेथ पेनाल्टीमा ५–४ ले पराजित गर्दै मोरङ एफसी दीपज्योति काँकरभिट्टा च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

काँकडभिट्टा खेल मैदानमा साेमबार साँझ सम्पन्न भएकाे खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हाे। पेनाल्टीमा उर्लाबारीका आशिष कार्की, विवेक राई, किरण शंकर, ओशन राई र जंगे खड्काले गोल गर्दा रुद्र कार्की चुकेका थिए ।

काँकरभिट्टाका लागि सञ्जय धिमाल, पुजन न्यौपाने, विशाल थिङ र सेमन्त थापाले गोल गर्दा सौरभ सुब्बा र राजु दर्जीको प्रहार भने गोलमा परिणत हुन सकेन । उनीहरूको प्रहार उर्लाबारीका गोलकिपर योगेश धिमालले बचाएका थिए ।

मंगलबार इलामको रेडहर्स एफसी र भारतको सिलिगुडीस्थित कञ्चनजंघा एफसीबीच प्रतिस्पर्धा हुने भएकाे छ।