Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेस्रो हार


26
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा साेमबार राति भएकाे खेलमा नामिबियाले नेपालाई ३ रनले पराजित गरेको हो ।नामिबियाले प्रस्तुत गरेको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर २ सय ८ रन बनायो । नेपालका आसिफ शेखले ४५, कप्तान रोहितकुमार पौडेलले ४१, आरिफ शेखले अविजित ३८, कुशल भुर्तेलले ३४, गुल्शनकुमार झाले अविजित १९ र इशान पाण्डेले १४ रन बनाएका हुन्।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २ सय ११ रनको योगफल तयार पारेको थियो । करण केसीले यही खेलमार्फत एकदिवससीयमा १ सय विकेट पनि पूरा गरेका छन् । याे हारसँगै ३१ खेलबाट २४ अंक जोडेको नेपाल छैठाैं स्थानमा झरेको छ । जित निकालेको नामिबिया समान खेलबाट २६ अंकका साथ पाँचौं स्थानमा उक्लिएको हाे ।

नेपालले अब शृंखलाको अन्तिम खेलमा बुधबार नेदरल्यान्ड्सको सामना गर्ने भएकाे छ।