१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


लागु औषध ओसारपसारमा संलग्न एकजना पक्राउ


0
Shares

रुपन्देही, पुस १ । रुपन्देहीमा लामो समयदेखि लागु औषध ओसारपसारमा संलग्न गिरोहमध्येका एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का २७ वर्षीय दुर्गाप्रसाद चौधरी छन् । प्रहरीले उनलाई सिद्धार्थनगर नगरपालिकास्थित गल्लामण्डीबाट पक्राउ गरेको हो ।

चौधरीका साथबाट दुई/दुई एमएलको ३ हजार थान लागु औषध, एक/एक हजार पिस डाईजोपाम, नुफिन र फेनारगन बरामद गरेको छ । यसको बजार मूल्य करिब १५ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

चौधरीले स्याउको पेटीमा लागु औषध राखेर जिल्ला बाहिर पठाउन लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए ।

प्रहरीले चौधरीसँगै काम गर्ने अरु दुई जनाको पनि खोजी भईरहेको जनाएको छ ।