१ असार २०८२, आइतबार | Sun Jun 15 2025


युरोपमा भारी हिमपात, ३९ इञ्चसम्म हिउँ जम्यो


0
Shares

हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् ।

कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन् ।

उनीहरुको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । फ्रान्स र स्वीट्जरल्यान्डमा १० वर्षयताकै बढी हिमपात भएको बताइएको छ ।

यसैबीच इटलीको एउटा पाँच तले भवन हिम पहिरोमा परेको छ । त्यहाँ रहेका २९ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

फ्रान्समा हिमपातसँगै खराब मौसमका कारण दर्जनौं उडान प्रभावित बनेका छन् ।

यातायातका साधन नचल्दा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।(एजेन्सी)