२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


जब श्रद्धाले भनिन्–‘म पनि अब ध्यान गर्छु !’ (भिडियो)


0
Shares

एप्स बलिउड अभिनेत्री श्रद्धा कपुरले सार्वजनिक गरेकी थिइन् । तर, कार्यक्रमको ‘हिरो’ बनेका थिए, सगुनका आर्किटेक्चर गैरआवासीय नेपाली गोविन्द गिरी ।

कार्यक्रमकी सन्चालक कुनै समयकी बलिउडकी चर्चित कलाकार मन्दिरा बेदीले जब सगुनका संस्थापक गिरीलाई मन्चमा बोलाइन्, हल तालीले गुन्जायमान भयो ।

गिरी नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मी हुर्केर पढाइका सिलसिलामा अमेरिका पुगेका थिए । अमेरिकाको पेन्टागनमा सिस्टम इन्जिनियर भइसकेका उनले जागिर छाडेर सगुन डटकमको विकास गरेका हुन् ।

सगुनले पछिल्लो समय विश्वको सूचना–प्रविधि क्षेत्रको ध्यान तानेको छ । अमेरिकी सेयर बजारमा मिनि आइपीओ जारी गरेर चर्चामा आएको सगुनले यसका प्रयोगकर्तालाई आम्दानीको केही हिस्सा बाँड्ने महत्वाकांक्षी योजना अघि सारेको छ ।

त्यही सगुनले स्मार्टफोनका युजरलाई लक्षित गरी दिल्लीमा एन्ड्रोइड एप्लिकेसन सार्वजनिक गर्दै थियो ।

कार्यक्रममा सगुनका संस्थापक गिरीले यो एप्समात्र नभइ सामाजिक अभियान भएको बताए ।

‘यो अभियानले सामाजिक सन्चालनमा रहेको नकारात्मक भावहरुलाई कम गर्न मद्दत गर्छ’–उनले भने ।

गिरीको ‘आइडिया’ले बलिउड अभिनेत्री श्रद्धासमेत प्रभावित भएकी रहिछन् । उनले गिरीलाई ‘यति उत्कृष्ट सोसियल प्लेटफर्मको विकास कसरी गर्नु भयो ?’ भनेर प्रश्न गरिन् ।

‘मैले ध्यान गरेर यस्तो एप्स विकास गर्न सकें’–गिरीले भने–‘ध्यान गर्दा मलाई सबै आइडिया आएको हो ।’ गिरीको जवाफ सुनेर श्रद्धा केहीबेर टोलाइन् । त्यसपछि उनले भनिन्–‘म पनि अब ध्यान गर्छु !’

गिरीले दक्षिण एसिया ऋृषिमुनिहरुको तपोभूमि, ज्ञानभूमि र कर्मभूमि भएको उल्लेख गर्दै प्रविधिको क्षेत्रमासमेत यस क्षेत्रले पुनःजागरण सुरु गर्नुपर्ने बताए ।

‘सगुनको प्रयास यस क्षेत्रको ज्ञानलाई पुनःजागरण गर्दै बाँकी विश्वलाई योगदान दिने हो’–उनले भने ।

सगुनले सामाजिक सञ्जालमार्फत् भारत, नेपाल र अमेरिकालाई जोड्ने सेतु हुने संस्थापक गिरीको भनाइ थियो ।

यसअघि, वेब भर्सनकारुपमा आएको सगुनले वेब ब्राउजर नखोली एप्सबाटै वेबमा रहेका सबै कुरा चलाउन सकिने गरी मोबाइल एप्स सार्वजनिक गरेको हो ।

प्रयोगकर्ताको गोपनीयतालाई प्राथमिकता दिइएको एप्सबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरिसकेपछि आफैं डिलिट हुने विशेषता यसमा छ ।

सगुनका प्रयोगकर्ताहरुले लामो समयदेखि प्रतीक्षा गरेको यस एप्समा गरिएको च्याट, पठाइएको फोटो, भिडियोलगायतका कुनै सामग्रीको रेकर्ड बस्दैन ।

यसमा ‘टुडेज सेक्रेट’ नामक छुट्टै एप्स छ, जसबाट प्रयोगकर्ताको दैनिक गोप्य स्टोरीहरु साथीभाइ र परिवारलाई सेयर गर्न सकिन्छ ।

आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सनयसमा छ । प्रयोगकर्ताका प्रियजनलाईमात्रै दिनभरिको स्टोरी सेयर यही एप्सले गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिन्छ ।

अलइनवन एप्सजस्तै छ, सगुन । अर्थात् ग्रिटिङ एप्स, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमै समाहित भएकाले एउटै पेजबाट धेरै किसिमका सुविधा पाउन सकिनेछ ।

सो कार्यक्रममा भारतका विभिन्न दलका नेता, चलचित्रकर्मी, सरकारी अधिकारी, ठूला आइटी कम्पनीका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता थियो ।

गत जनवरी ९ तारिखमा नयाँदिल्लीमा भएको एप्स सार्वजनिक कार्यक्रमको भिडियोको मुख्य अंश यो भिडियोमा हेर्नुहोस्