
अमेरिकी अन्तरिक्ष संस्था नासा र बेलायती मौसविदहरुले गएको वर्ष २०१७ सबैभन्दा गर्मी वर्ष बनेको जनाएका छन् । १६७ वर्ष यताको तथ्यांकलाई विश्लेषण गर्दा गएको वर्ष सबैभन्दा बढी गर्मी रहेको दुई संस्थाले जनाएका हुन् ।
सामुद्रिक मौसम परिवर्तनको चक्र ‘अल नीनो’ बिनानै गर्मीको पारो चढेकाले चिन्ता थपिएको बेलायती मौसम विभागका कार्यकारी निर्देशक पीटर स्टोटले जानकारी दिए । ‘यस्तो हुनमा प्राकृतिक जलवायु प्रक्रियामा मानवीय गतिविधिको असर बढ्नु हो,’ उनले भने ।
अल नीनो प्रभावित सन् १९९८ भन्दा पनि बढी तातो २०१७ को वर्ष रहेकामा वैज्ञानिकहरु आश्चर्यमा परेका हुन् । उता नासाले अल नीनोकै कारण अन्टार्कटिकामा वर्षेनी दश इन्च हिउँ पग्लिरहेको दावी गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्