Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


नेपाल र अफ्रिकासहित ७५ देशका लागि ट्रम्प प्रशासनले अख्तियार गरेको कडा आप्रवासी भिसा नीति खारेज


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नेपाल र अफ्रिकासहित ७५ मुलुकका लागि अख्तियार गरेको कडा आप्रवासी भिसा नीति अदालतले खारेज गरिदिएको छ ।

म्यानहटनस्थित अदालतकी न्यायाधीश जेनेट भार्गासले ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति खारेज गरिदिएको समाचार संस्था रोयटर्सले जनाएको हाे । आप्रवासी अधिकारवादी संस्थाहरू क्याथोलिक लिगल इमिग्रेसन नेटवर्क र अफ्रिकन कम्युनिटीज टुगेदर लगायतका संस्थाले परिवारका लागि आप्रवासी भिसा प्रायोजन गरिरहेका आवेदकहरूको पक्षबाट अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा सुनुवाइ गर्दै राष्ट्रियताको आधारमा आप्रवासी भिसामा कडा नीति खारेजीको आदेश आएको हो ।

उक्त नीति गैरकानूनी रहेको त्यसले संघीय आप्रवासन कानूनको उल्लंघन गरेको फैसलामा भनिएको छ । उक्त नीतिले विदेश मन्त्रालयको अधिकार संकुचित गरिदिएको फैसलामा उल्लेख गरिएकाे हाे । आवेदकको राष्ट्रियताका आधारमा आप्रवासी भिसा जारीका लागि प्रतिबन्ध लगाउने यो नीति कानूनी व्यवस्थाको प्रत्यक्ष उल्लंघन भएकाे फैसलामा भनिएको छ ।

नेपाल, ल्याटिन अमेरिका, अफ्रिका र एशिया क्षेत्रका विभिन्न मुलुकका आप्रवासीका कारण संघीय सरकारी स्रोतमा बढी चाप परेको भन्दै आप्रवासी परिवारका भिसामा ट्रम्प प्रशासनले कडाइ गरेको थियो ।