Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


बंगालको खाडीमा २४ जना सवार ‘एमभी ओसन विनर’ नामक मालवाहक पानीजहाज डुब्यो

खोजी तथा उद्धार कार्य जारी

0
Shares

एजेन्सी। भारतको ओडिशाको पारादीप तटबाट करिब २ सय ४० समुद्री माइल टाढा बंगालको खाडीमा शनिबार ‘एमभी ओसन विनर’ नामक मालवाहक जहाज डुबेको छ।

पनामाको झण्डा अंकित उक्त जहाजमा २४ जना चालक दलका सदस्य सवार भएकाे भारतीय संचार माध्यमहरुले जनाएका हुन् । भारतीय अधिकारीहरूले चालक दलमा २० जना चिनियाँ, तीनजना म्यान्मारका र एक जना बंगलादेशी नागरिक रहेकाे बताएका छन् । हालसम्म दुई जनालाई उद्धार गरिएको र बाँकी २२ जनाको खोजी तथा उद्धार कार्य जारी रहेकाे छ ।

उक्त जहाज ओडिशाको पारादीप बन्दरगाहबाट फलाम लिएर सिंगापुरतर्फ जाँदै थियो । जहाज यहि अगस्ट २० तारिखको राति पारादीपबाट प्रस्थान गरेको थियो । जहाजसँग सम्पर्क विच्छेद भएपछि उद्धारका लागि सूचना प्राप्त भएको थियो । घटनाको जानकारी पाए लगत्तै भारतीय तटरक्षक बल र भारतीय नौसेनाले संयुक्त रूपमा खोजी तथा उद्धार अभियान हुरु गरेका छन् । नजिकै रहेका अन्य जलपोतलाई समेत घटनाकाे बारेमा जानकारी गराई उद्धार कार्यमा सहयोग गर्न आग्रह गरिएको हाे।

उद्धार टोलीले लाइफर्‍याफ्टमा रहेका २ जनालाई उद्धार गरिसकेको छ । जहाज डुब्नुको कारण भने अहिलेसम्म खुल्न नसकेको जनाइएकाे हाे।