काठमाडाैं । जिम्बाब्वेका अलराउण्डर सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चितवन राइनोजबाट खेल्ने भएका छन् ।
चितवन राइनोजले आगामी सिजनका लागि राजालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनाएको हाे। अन्तर्राष्ट्रिय क्रिकेटसँगै विश्वका विभिन्न फ्रेन्चाइज टी–२० प्रतियोगितामा अनुभव हासिल गरेका राजाको आगमनले टोली थप बलियो हुने उसको अपेक्षा गरिएकाे छ । ब्याटिङ र बलिङ दुवैमा प्रभाव पार्न सक्ने सिकन्दर राजा जिम्बाब्वे क्रिकेटका महत्वपूर्ण खेलाडी मध्ये एक हुन् ।
उनले जिम्बाब्वेको राष्ट्रिय टोलीबाट एकदिवसीय, टी–२० अन्तर्राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो समयदेखि प्रतिनिधित्व गर्दै आएका छन् । प्रतियोगितामा चितवन राइनोजसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगिता आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म संचालन हुने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्