Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


स्पेनिस ला लिगाको नयाँ सिजनमा रियाल मड्रिडकाे विजयी शुरूवात


0
Shares

काठमाडौं । रियाल मड्रिडले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।

आरसीडीई रंगशालामा शनिबार राति भएकाे खेलमा रियालले घरेलु टोली इस्पान्योलविरुद्ध २–१ गाेलको रोमाञ्चक जित दर्ता गरेकाे हाे। रियालको जितमा जुड बेलिङघम र कार्लोस एस्पीले गोल गरेमा थिए। स्पान्योलका लागि एलेक्स क्यालाट्राभाले एक गोल फर्काएका छन्। खेलको नवौं मिनेटमा बेलिङघमको गोलमार्फत रियालले अग्रता लिएको थियो । ३०औं मिनेटमा क्यालाट्राभाले स्पान्योललाई बराबरीमा ल्याएका थिए।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा एस्पीले गोल गर्दै रियाललाई रोमाञ्चक जित दिलाएमा हुन् । याे जितसँगै रियालले तीन अंक जोडेको छ । इस्पान्योलको भने सिजनको शुरुवात राम्रो हुन सकेन । शनिबारै सम्पन्न अन्य खेलमा रियाल बेटिसले रियाल सोसिडाडलाई १–०, सेभियाले एथलेटिक्स क्लबलाई ३–१ गाेलले पराजित गर्दा रायो भायकानोले एलेभेससँग १–१ र भ्यालेन्सियाले सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेमा थिए।