दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु • Image Khabar Image Khabar


दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु


Imagekhabar
१२ माघ २०७४, शुक्रबार ०८:०७

दक्षिण कोरियाको अस्पतालमा आगलागी, ३१ जनाको मृत्यु

दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ ।

आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्