Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


पूर्वी नाका काँकरभिट्टा हुँदै २४ अर्ब रूपैयाँ बढीको कृषिजन्य वस्तु आयात


0
Shares

काठमाडाैं। पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब भन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ ।

प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले आव २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बंगलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको जनाएकाे हाे। आयातीत कृषि वस्तुमध्ये सबै भन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको छ। भारतबाट २४ करोड २३ लाख १३ हजारको चामल र कोदो १८ करोड ८३ लाख रुपैयाँको आयात भएको हाे ।

त्यस्तै, अष्ट्रेलिया र भारतबाट १८ करोड २७ लाख ९९ हजारको एक हजार ९ सय ९६ मेट्रिकटन चना, १० करोड ८८ लाख ५४ हजार बराबरको अष्ट्रेलियाबाट ७ सय ९६ मेट्रिकटन मासको दाल भित्रिएको कार्यालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्यमात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी आयात भएको हाे ।

एक वर्षको अवधिमा १४ करोड ३९ लाख ६६ हजारको गालेभेडा, सात करोड ९० लाख ६४ हजारको काँक्रा र खुर्सानी तीन करोड २४ लाख ३५ हजारको आयात भएको तथ्यांक छ । फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएकाे हाे।

भारत र चीनबाट २९ करोड ५९ लाख ७२ हजारको स्याउ र भारतबाट तरबुजा १४ करोड २४ लाख ८१ हजारको आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ ।