Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


क्यानमाथिको प्रतिबन्ध फुकुवा गर्न आइसीसी सकारात्मक : राखेप


0
Shares

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोलीसँग नेपाली क्रिकेटको विद्यमान समस्या अन्त्य गर्ने विषयमा भएको छलफलकाबारेमा जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राखेपले अब सबै सरोकारवाला पक्ष इमान्दार बन्नुपर्नेमा जोड दिएको हो ।

नेपाली क्रिकेटको वर्तमान समस्या समाधान गर्न भन्दै शनिबार राति काठमाडौं आएको आइसीसीका कार्यवाहक अध्यक्ष इमरान ख्वाजा नेतृत्वको दुई सदस्य टोलीले आइतबार र सोमबार सरोकालवाला विभिन्न पक्षसँग छलफल गरेको थियो ।

पत्रकार सम्मेलनमा राखेपका सदस्यसचिव केशवकुमार बिष्टले क्यानको निलम्बन फुकुवा गर्न आइसीसी सकरात्मक देखिएको तर त्यसका लागि नेपाली क्रिकेटका सम्बन्धित सबै पक्षहरु गम्भीर हुनुपर्ने बताए ।

यसैबीच, राखेपले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली डेयरडेभिल्ससँग अनुबन्धित भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने र भारतकै आई लिग फुटबलमा अनुबन्धित भएका राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु विमल घर्तीमगर र किरण चेम्जोङलाई बधाइ ज्ञापन गरेको छ ।