Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


यूइएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडको इन्टर मिलानमाथि जित


0
Shares

काठमाडौं । स्पेनिस क्बल रियाल मड्रिडले यूइएफए च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा इटालीको इन्टर मिलानविरुद्ध २-१ को जित निकालेको छ ।

स्यान्टियागो बर्नाबेउमा मंगलबार राति भएकाे खेलमा घरेलु टोली रियाललाई जित दिलाउन किलियन एमबाप्पे र कप्तान फेडेरिको भाल्भर्डेले गोल गरेका हुन् । इन्टरका लागि कार्लोस अगस्टोले गोल फर्काएका थिए । खेलको १४औं मिनेटमा एमबाप्पेको गोलमार्फत रियालले अग्रता लिएको थियो । उनले ब्राहिम डियाजको पासलाई सदुपयोग गरेका थिए।

रियाल घरेलु मैदानमै निकै दबाबमा परेको थियो । खेल अधिकांश समय इन्टरकै नियन्त्रणमा थियो । इन्टरले १५ प्रहार गर्दा रियालबाट ९ प्रहार भएको थियो ।