Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर सिटीकाे सुखद् विजयी शुरूवात


234
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सुखद् विजयी शुरुवात गरेको छ ।

डो ड्रागाओ रंगशालामा मंगलबार राति भएकाे खेलमा सिटीले पोर्चुगिज क्लब पोर्टोविरुद्ध २-० गाेलको जित निकालेको हाे। पाहुना टोली सिटीलाई जित दिलाउन दुवै गोल हालान्डले गरेका थिए। दुवै गोल दोस्रो हाफमा भएका थिए । प

हिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७औँ मिनेटमा हालान्डको गोलमार्फत सिटीले अग्रता लिएको छ । उनले एन्जो फर्नान्डेजको पासलाई सदुपयोग गरेका थिए। इन्जुरी टाइममा हालान्डले व्यक्तिगत दोस्रो गोल गरेका हुन् ।

यस पटक रायन आइत नुरीले गोलको अवसर सिर्जना गरेका थिए ।