काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किंग्सले लगातार दोस्रो जित जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साेमबार अन्नपूर्णले मधेश वारियर्सलाई ३-१ को सेटले पराजित गरेकाे हो ।पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको अन्नपूर्णले निकै रोमाञ्चक दोस्रो सेट भने २९–३१ ले गुमायो । त्यसपछिका दुई सेटमा २५–२२, २५–२१ ले विजयी हुँदै अन्नपूर्णले खेल आफ्नो पक्षमा पार्यो ।
याे जितसँगै अन्नपूर्णले तीन खेलबाट ६ अंक जोडेको हाे। तीनै खेलमा पराजित मधेसको समान खेलबाट एक अंक छ । यसअघि कर्णाली शिवराजसँगको खेल गुमाएको अन्नपूर्णले काठमाडौं रेड्सलाई पराजित गरेको थियो । मधेश भने सगरमाथा स्म्यासर्स र काठमाडौंसँग पराजित भएको थियो ।
अन्नपूर्णले मंगलबार मधेश र बुधबार खप्तड फाल्कोन्सको सामना गर्ने भएकाे छ।









प्रतिक्रिया दिनुहोस्