Logo ७ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026


बाँकेमा दुई कार ठोक्किंदा एकको मृत्य, ६ घाइते


0
Shares

काठमाडाैं । बाँकेको राप्तिसोनारी गाउँपालिका–१ सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुई वटा कार एकापसमा ठोक्किएर भएको दूर्घटनामा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

आज विहान कोहलपुरबाट काठमाडौंतर्फ जाँदै गरेको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको कार ठोक्किएका हुन् । दुर्घटनामा परी बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कारमा सवार धनगढी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौं बस्ने ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको छ ।

उपचारका क्रममा उनको मृत्यु भएको हो । सोही कारमा सवार ४० वर्षीया कुसुम शाही र १६ वर्षीय शुभम शाहीको अवस्था सामान्य रहेको छ भने घाइते कारचालक डोटीका ४५ वर्षीय नरेन्द्रबहादुर शाहीको नेपालगञ्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

यस्तै, बा.प्र. ०१–०३० च ८४९६ नम्बरको कारमा सवार दाङ घोराही उपमहानगरपालिका–७ बस्ने ५५ वर्षीय ओमभक्त योगी, ५५ वर्षीया प्रीति योगी र २३ वर्षीया सुप्रिया गिरी पनि घाइते भएका छन् । उनीहरूको नेपालगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ ।

८४९६ नम्बरको कारका चालक दाङ घोराही उपमहानगरपालिका–७ सौरियार बस्ने ४० वर्षीय सम्राटनाथ योगीलाई भने चोटपटक समेत नलागेको प्रहरीले जनाएको छ ।

Skip This