 
	    ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुईमा रहने टिमले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउने भएकाले यो खेलमा नेपाललाई जितको विकल्प छैन ।
नेपाल अन्तिम खेल खेल्नुअघि तेस्रो स्थानमा छ । शीर्ष स्थानको क्यानडा, दोस्रो स्थानको नामिबियासँगै नेपालको समान ६/६ अंक भएपनि रनरेटमा नेपाल पछि पर्दा तेस्रो स्थानमा धकेलिएको हो ।
क्यानडासँगको खेलमा पराजित हुँदा नेपालले स्वतः विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ ।
बुधबार नै नामिबिया र युएई भिड्दैछन् । नेपाल र नामिबिया दुवै टिमले हार्दासमेत रनरेटमा युएई राम्रो भएकाले युएई छानिनेछ ।
केन्या र ओमान भने एक खेल खेल्नुअघि नै होडबाट बाहिरिइसकेका छन् ।
नेपालले यसअघि नामिबिया, युएई र केन्यालाई हराएको थियो भने ओमानसँग हार व्यहोरेको थियो ।
क्यानडासँग खेल्नुपूर्व नेपाली टिमका प्रशिक्षक जगत टमाटाले क्यानडाविरुद्ध उत्कृष्ट खेल पस्किने बताएका छन् ।
उनले खेलाडीहरुमा आत्मविश्वास बढी भएकाले खेलमा सकारात्मक परिणाम आउने विश्वास लिएका छन् ।
बुधबारको खेलमा पनि स्पीन बलर सन्दीप लामिछानेबाट धेरै आशा गरिएको छ । उत्कृष्ट खेल्नेक्रममा सन्दीपले केन्याविरुद्ध ५ सहित चार खेलबाट १४ विकेट लिइसकेका छन् ।
त्यसैगरी, केन्याविरुद्धको खेलमा आरिफ शेख र रोहितकुमार पौडेलले छैटौं विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गरेकाले क्यानडाविरुद्ध नेपालको ब्याटिङमा पनि सुधार हुने अपेक्षा गरिएको छ ।



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्