Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ


2.6k
Shares

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई नियन्त्रणमा लिएको छ।

सीआईबीका अनुसार पन्तलाई बुधबार काठमाडौँको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको हो। ब्युरोका प्रवक्ता तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराले बैंकिङ कसुरसम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार कर्जा रकमको दुरुपयोगसँग सम्बन्धित कसुरमा पन्तमाथि अनुसन्धान भइरहेको छ।

यसअघि यही प्रकरणमा सीआईबीले रुपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पनि पक्राउ गरेको थियो। सोही घटनासँग सम्बन्धित अनुसन्धानका क्रममा पन्तलाई समेत नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ।