काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा बुधबार नेपालले घरेलु टोली नेदरल्यान्ड्सकाे सामना गर्ने भएकाे छ।
नेदरल्यान्ड्समा बुधबार दिउँसो पौने ३ बजेदेेखि खेल शुरु हुने भएकाे हाे । नेदरल्यान्ड्समा जारी शृङ्खलाको यो अन्तिम खेल हो । यसअघि लगातार तीन खेलमा पराजित भएको नेपाल बुधबार जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ । नेपाल यसअघिका पहिलो खेलमा नामिबियासँग ८ विकेट र अर्को खेलमा ३ रनले पराजित भएको थियो । त्यस्तै, आयोजक टोली नेदरल्यान्ड्ससँग नेपाल ६ विकेटले पराजित भएको थियो ।
लगातार तेस्रो हारसँगै लिग–२ को शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना निक्कै कठिन भएको छ । आठ टोली सहभागी लिग–२ मा हरेक टोलीले ३६ खेल खेल्ने भएका हुन् । शीर्ष चार टोली विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुने भएका छन् ।
एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ स्थानभित्र रहनुपर्ने भएकाे आयाेजकले जनाएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्