
काठमाडौं, मंसिर १८ । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
प्रभागबाट खटिएको टोलीले चन्द्रागिरि नगरपालिका–१२, बालकुमारी सडकखन्डमा हिँडिरहेको अवस्थामा जाँचकाक्रममा लागुऔषधसहित काभ्रेका मनोज रिमाललाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
महानगरीय कार्यालय रानीपोखरीका प्रवक्ता पूजा सिंहले झोलामा लुकाएर सडकमा हिँडिरहेको अवस्थामा ४६ एम्पुल नुर्फिन, ४६ एम्पुल फेनार्गन र ४६ एम्पुल डाइजेल्याब बरामद गरेको जानकारी दिइन् ।
सुनसहित एक पक्राउ
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट अवैधरुपमा ल्याउँदै गरेको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
विमानस्थल सुरक्षामा खटिएको टोलीले तीनथान सुनको बालासहित धनुषा, गणेशमान नगरपालिका–४ का वशकिल महमदलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका महमदबारे थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्