२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बालक प्रयास हत्याका अभियुक्त महाराजगन्ज वृत्तमा, शनिबार दाहसंस्कार


0
Shares

काठमाडौं, मंसिर १४ । काठमाडौं, गोंगबुका ८ वर्षीय बालक प्रयास कुँवरको अपहरणपछि हत्या गर्ने महेन्द्र सार्कीलाई महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ ।

हत्यामा एक्लै संलग्न रहेको बयान दिएका उनलाई शुक्रबार म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

हत्या गरेर फालिएका प्रयासको शवको शुक्रबारै पोस्टमार्टम गरिएको छ । उनको शनिबार (भोलि) दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।

गोंगबु मित्रनगरस्थित स्वस्तिक त्रिवेणी गेस्टहाउसका सन्चालक प्रवीण कुँवरका छोरा प्रयास गत मंगलबार साँझदेखि हराएका थिए ।

बिहीबार म्हेपीस्थित पुलमुनि झोलामा फालेको अवस्थामा प्रयासको शव फेलापरेको थियो ।

गेस्टहाउसका सन्चालक प्रवीणकै ड्राइभर महेन्द्रले बालक प्रयासको अपहरण गरी हत्या गरेको प्रहरीले खुलासा गरेको थियो ।