२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राजधानीमा बरामद १० लाख रुपैयाँबराबरको पटकालगायत बारुदजन्य पदार्थ नष्ट


0
Shares

काठमाडौं, कात्तिक २१ । प्रहरीले काठमाडौंमा भित्रिएको ठूलो परिमाणको बिष्फोटक पदार्थ नियन्त्रणमा लिई आज नष्ट गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले आज राजधानीमा पत्रकार सम्मेलन गरी तिहारलाई लक्षित गरी काठमाडौं भित्र्याइएको १० लाख रुपैयाँबराबरको बरामद अवैध पटका नष्ट गरेको हो ।

प्रहरीले विस्फोटक पदार्थ भित्र्याउने ९ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाएको छ । विस्फोटक पदार्थको प्रयोगबाट आगलागीका घटनामा बृद्धि भएको, अंगभंग हुने र मृत्यु हुनेसमेत सम्भावना रहेकाले प्रहरीले पटका प्रयोगमा नियन्त्रण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए ।

एसएसपी लामाले पटका र बिष्फोटक पदार्थ बिक्री बितरण नगर्न र नकिन्न पनि आग्रह गरे ।