Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


छानबिन समितिले प्रतिवेदन बुझायो, पत्रकार दर्जीको चरित्रहत्या गर्ने माथि कारवाहीको माग


0
Shares

बासुदेव बर्मा

कपिलबस्तु, असोज २९ । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्वारा पत्रकार र चन्द्रौटाका एक व्यवसायीसँग जोडिएको घटनाबारे छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका सदस्य पत्रकार चिन्ता परियार तथा चन्द्रौटाका व्यवसायी विजय जैसवाल र अस्पतालसँग जोडिएको घटना सम्बन्धमा छानविन गर्न शाखाले शुक्रबार तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरीको संयोजकत्वमा गठित समितिमा प्रदेश सदस्य मनोज कुमार श्रीवास्तव तथा शाखा अध्यक्ष डिलाराम भुसाल सदस्य थिए ।

समितिले उक्त प्रकरणमा संलग्न पत्रकार चिन्ताबहादुर दर्जी, व्यवसायी विजय जैसवाल र अस्पतालका संचालक अब्दुुल अलिमसँग छुट्टाछुट्टै भेटघाट गरी सोधपुछ गरेको थियो । छानविन समितिका संयोजक गिरीका अनुसार असोज २६ गते शिवराज नगरपालिका वडा नम्बर ५ बस्ने विजय जैसवालले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा नेपाल पत्रकार महासंघका सदस्य तथा दर्शन न्यूज र मेरो साथी एफएमका व्यवस्थापक चिन्ताबहादुर दर्जी परियारले शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा हस्पिटल प्रा.लि.का संचालक मायादेवी गाउँपालिका वडा नंं ९ बस्ने अब्दुल अलिमसँग समाचार प्रकाशनबारे रकम बार्गेनिङ गरेको म्यासेन्जर च्याट सहित सार्वजनिक गरेपश्चात छानबिन शुरु गरेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले पत्रकार चिन्ताबहादुर दर्जी तथा विजय जैसवालबीच विगत लामो समयदेखिको व्यक्तिगत द्वन्द्व र सोही द्वन्द्वका कारण पत्रकारको चरित्र हत्या गर्ने उद्देश्यले गरिएको किर्ते फेसबुक विवरण सार्वजनिक गरिएको ठहर गर्दै उक्त घटनाप्रति आपत्ति प्रकट गरेको छ । उक्त घटनाबाट पत्रकार दर्जीको सामाजिक, मानसिक पीडाप्रति महासंघ दुःख व्यक्त गर्दै किर्ते विवरण सामाजिक संजालमा पोष्ट गर्ने विजय जैसवाललाई विद्युतीय अपराध ऐन अनुसार हदैसम्मको कारवाहीका लागि शाखाले सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारका विषयमा सामाजिक संजालमा केहि दिन यता भइरहेको उच्छृङ्खल र असभ्य टिका टिप्पणी तथा आरोपप्रति महासंघ गम्भीर बनेको छ ।’ सामाजिक संजाल प्रयोगकर्ताले आवश्यक प्रमाण तथा आधार बिना लगाइने आरोप तथा टिकाटिप्पणीप्रति नसच्चिए कानूनी उपचार खोज्न महासंघ बाध्य हुने नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

 

Skip This