काठमाडाै । राष्ट्रिय सभाका सांसदहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् ।
आज बसेको बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने कानुन मन्त्रीले दिएको अभिव्यक्तिप्रति आपत्तिजनक भएको बताएका हुन् ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्ताले सामाजिक सञ्जाल वा भाषणमार्फत गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने बताएको स्मरण गराउँदै कानुन मन्त्री गौतमलाई कारबाही गर्न माग गर्नुभयो ।
उहाँले राष्ट्रिय सभाले कुन कानुन र कहिले रोकेको हो र भन्ने प्रश्न गर्दै त्यसको विवरण सार्वजनिक गर्न पनि चुनौती दिनुभयो । मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसके पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हिजो संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका पार्टीका सभापति रवि लामिछानेजीले हिजो के भन्नुभयो भने मेरो पार्टीको कुनै पनि नेता कार्यकर्ताले सामाजिक सञ्जाल होस् कि भाषणमा होस्, गलत र भ्रामक समाचार सम्प्रेषण गर्यो भने त्यसलाई पार्टीबाट हामी कारबाही गर्छौँ र साधारण सदस्यताबाट पनि बर्खास्त गर्छौँ भन्नुभयो । त्यसै क्रममा हाम्रो कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय सभाबाट सब कानुन ऐन रोकिन्छ र अवरोध भन्छन् उहाँ हिजो अस्ति भन्नुभयो र म सोध्न चाहन्छु, राष्ट्रिय सभाले कुन दिन कहिले कानुन रोकेको छ रु सम्माननीय प्रधानमन्त्रीजीले ले नेपाली भारतको जग्गा रोकेको छ भन्दाखेरि त्यसको जवाफ दिने क्रममा अवरोध गर्नुबाहेक यो राष्ट्रिय सभाले कुनै कुनै दिन रोकेको छैन । म माननीय रवि लामिछानेलाई सोध्न चाहन्छु, अब माननीय मन्त्रीजीलाई कारबाही तपाईँले कहिले गर्ने होरु म सोध्न चाहन्छु र सँगसँगै उहाँले आफ्नो जिम्मेवारी पुरा गर्न सक्नुहुन्न भने आफ्नो पदबाट राजीनामा देओस् ।’
यस्तै, नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि कानुन मन्त्री श्रेष्ठको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले राष्ट्रिय सभामा कति कानुन दर्ता गरेको, प्रतिनिधि सभाबाट कति विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा आएको र राष्ट्रिय सभाले कति कानुनमा काम गरेको भन्ने विवरण सार्वजनिक गर्न माग गर्नुभयो ।
उहाँले तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता छोप्न नमिल्ने बताउनुभयो । सांसद झाँक्रीले कानुन मन्त्रीले गलत सूचना जनतामाझ पुर्याएको आरोप लगाउँदै सरकारले उहाँमाथि कारबाही गर्नुपर्ने बताउनुभयो ।
मन्त्री गौतमले आफ्नो अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाटै सार्वजनिक माफी माग्नुपर्ने उहाँको भनाई छ । यसमा राष्ट्रिय सभा अध्यक्षले रुलिङ समेत गर्नुपर्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभामा सरकारले कति कानुन दर्ता गर्यो, प्रतिनिधि सभाबाट कति कानुन प्रति प्रतिवेदनसहित आए र हामीले कति कानुनमा काम गर्यौँरु त्यसको विवरण राष्ट्रिय सभाले सार्वजनिक गरोस् र यस्तो झुटो खबर जनताको बिचमा पुर्याउने कानुन मन्त्रीलाई सरकारले कारबाही गरोस्। यदि हामीले कानुन रोकेका छौँ भने त्यसका प्रति जनताले दण्डित हामीलाई गर्ने नै छन् । त्यसकारण राष्ट्रिय सभाको हवा देखाएर राष्ट्रिय सभामा आफ्नो प्रतिनिधित्व छैन भन्ने कुरा देखाएर आफ्नो अयोग्यता छोप्ने छुट छैन । त्यही कारणले उहाँको अभिव्यक्तिप्रति सार्वजनिक माफी पनि सभाबाटै माग्नको लागि यो सम्मानित राष्ट्रिय सभाले रुलिङ गरोस् भन्ने चाहन्छु ।’
जेनजी दिवसको दिन नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो बहुमत नभएको कारण काम गर्न नसकेको अभिव्यक्ति दिनुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्