Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्ग्सको तेस्रो जित

खप्तडको लगातार चौथो हार

65
Shares

काठमाडाैं । नेपाल भलिबल लिग (एनभीएल) मा अन्नपूर्ण स्पाइकर किङ्ग्सले तेस्रो जित हात पारेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा बुधबार साँझ सम्पन्न भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई ३–० को सोझो सेटले पराजित गरेकाे हाे । अन्नपूर्णले पहिलो सेट २५–१५, दोस्रो सेट २५–१५ र तेस्रो सेट २९–२७ ले जित्यो ।

योसँगै अन्नपूर्ण ४ खेलमा लगातार तेस्रो जितसहित ९ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै खप्तडको यो लगातार चौथो हार हो । तालिकामा पुछारमा रहेको खप्तड अङ्कविहीन छ ।

प्रतियोगितामा अहिले राति ७ बजेदेखि कर्णाली शिवराज र काठमाडाैं रेड्सबीच प्रतिस्पर्धा हुँदैछ। कर्णाली ३ खेलमा ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ३ खेलमा ५ अङ्कसहित चौथो स्थानमा रहेकाे हाे।

६ वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएकाे छ । प्रतियोगिताको फाइनल खेल भदाैं २८ गते हुने भउकाे हाे ।