Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


संखुवासभाकाे कालिका विद्यालयमा कार्यरत शिक्षकको गोली हानी ह-त्या


6.7k
Shares

काठमाडाैं । संखुवासभामा ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली हानी हत्या गरिएको छ।

मकालु गाउँपालिका-१ चिर्खाङमा विद्यालय नजिकै शिक्षक राईकाे हत्या गरिएको हाे। कालिका आधारभूत विद्यालयमा कार्यरत राई बिहीबार साँझ खाना खाएर हात धुन बाहिर निस्किएकाे समयमा भरुवा बन्दुकबाट गोली प्रहार भएको प्रहरीले जनाएको छ।

गोली लागेर देब्रे कोखमा चोट लागेका राई बन्दुकको आवाजसँगै घटनास्थलमै ढलेका थिए। विद्यालयमै बस्दै आएका राईमाथि गोली कसले र किन चलायो भन्ने बारेमा हालसम्म केही खुलेको छैन।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हेदाङनागढीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।