Logo १९ भाद्र २०८३, शुक्रबार | Fri Sep 4 2026


त्रिशूली-३ ‘ए’ को सुरूङभित्रबाट २ जनाको जीवितै उद्धार


468
Shares

काठमाडौं । रसुवाकाे त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्रबाट शुक्रबार बिहान दुई जनाको उद्धार गरिएको छ।

दुई जनालाई जीवितै उद्धार गरिएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको हाे । उद्धार गरिएका व्यक्तिहरूमा सञ्जय साह र कबीर महर्जन रहेका हुन् । साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा आयोजनामा कार्यरत रहेको सचिवालयले जनाएको छ । उद्धार कार्य जारी रहेकाे र सबैको सकुशल उद्धारको प्रयास भइरहेको त्यहाँ खटिएका एक अधिकारीले जानकारी दिएका हुन् ।

६० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना यहि भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ध्वस्त भएको छ । त्यसपछि सुरूङ ४२ कर्मचारी-कामदार फसेकाे आयोजनाले जनाएको हाे ।