Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


अमेरिकी रक्षामन्त्री हेगसेथलाई बर्खास्त गर्न सिनेटर टिलिसकाे माग

रक्षामन्त्री हेगसेथको कार्यशैलीप्रति कडा आलोचना

351
Shares

एजेन्सी। अमेरिकी सिनेटर थम टिलिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै रक्षामन्त्री पिट हेगसेथलाई बर्खास्त गर्न आग्रह गर्नुभएकाे छ।

अलजजिराले इरानसँग जारी युद्धकाबीच अमेरिकी सेनामा नेतृत्वको शून्यता सिर्जना गरेको भन्दै रक्षामन्त्री हेगसेथलाई बर्खास्त गर्न आग्रह गरिएको जनाएको हाे। नर्थ क्यारोलिनाका रिपब्लिकन सिनेटर टिलिसले सामाजिक सञ्जालमार्फत पेन्टागन प्रमुखसँगको असमझदारीका कारण सोमबार राजीनामा दिएका पूर्वसेना सचिव ड्यान ड्रिस्कलको प्रसंग उल्लेख गर्नुभयाे। उहाँले रक्षामन्त्री हेगसेथको कार्यशैलीप्रति कडा आलोचना समेत गर्नुभएकाे छ।

सिनेटर टिलिसले देशको सेवा गर्ने सैनिकहरूको यति अयोग्य व्यवस्थापन आफूले पहिले कहिल्यै नदेखेको भन्दै रक्षामन्त्री हेगसेथले राष्ट्रिय रक्षा र सेनाको हितमा ध्यान दिनुको सट्टा ‘साँस्कृतिक युद्ध’ भड्काउनतिर लागेको आरोप लगाउनुभयाे।

उहाँले राष्ट्रपति ट्रम्पलाई सेनाको प्रतिभा (ट्यालेन्ट) घटाउनुको सट्टा त्यसलाई जोगाउने नयाँ नेतृत्व खोज्न आग्रह गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका सदस्य भए पनि सिनेटर टिलिस पछिल्ला वर्षहरूमा पार्टीका केही नीतिका मुखर आलोचक बन्दै आउनुभएकाे छ।

Skip This