Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


इरान र अमेरिकाबीच एक-अर्कामाथि जवाफी हमला

अमेरिकाले हर्मुजमा समुद्री धराप विछ्याउने तयारी गरेपछि आक्रमण गरेको इरानकाे दावी

2.4k
Shares

एजेन्सी। अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजको लारक द्वीपमा रकेट लन्चर प्रहार गरेपछि इरानले जवाफी हमला गरेको छ ।

गत जुलाईको अन्तिम सातापछि अमेरिकाले इरानमाथि पहिलो पटक आक्रमण गरेको हो । अमेरिकी सेन्ट्रल कमाण्डले इरानले हर्मुजमा समुद्री धराप विछ्याउने तयारी गरेपछि आक्रमण गरेको दावी गरेकाे छ। इरानले जवाफी हमलामा जोर्डनस्थित अमेरिकी सैन्य आधार शिविरमा आक्रमण गरेको बीबीसीले जनाएकाे हाे। इरानी परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै आत्मरक्षाका लागि अमेरिकी सैन्य शिविरमा हमला गरेको बताएको छ।

इरानले जवाफी हमला गरेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि कडा हमलाको चेतावनी दिनुभयाे। फक्स न्युजसँगको संवादमा उहाँले यस्तो चेतावनी दिएका छ। यता, इरानी राष्ट्रपति मसुद पेजस्कियानले युद्धको पक्षमा इरान नरहेको भन्दै अमेरिकी हमलाको जवाफ दिन भने नछोड्ने बताउनुभयाे।