Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


बाढी-पीडितको उद्धार तथा राहतका लागि निःशुल्क बस सेवा शुरू


0
Shares

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितको उद्धार तथा राहतका निम्ति निःशुल्क बस सेवा शुरु गरेको छ।

महासंघले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार तथा राहतका निम्ति निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको जनाएकाे हो ।

उद्धारका निम्ति सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ओसारपसार गर्नुपरेमा महासंघले सुवन गिरी ९९८५१०८१३८२०, श्री श्रेष्ठ ९९८५१०९८५३६०, दिलबहादुर श्रेष्ठ ९९८५१०५०८७९० र नरबहादुर राना ९ ९८४१७७५७५३० लाई सम्पर्क गर्न समेत अनुरोध गरेको छ।